गल्ती नदोहो-याउने प्रतिबद्धता सहित सेन्ट्रल फाईनान्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांशसम्बन्धी सूचना धितोपत्र सूचीकरण विनियमावलीबमोजिम नभएको भन्दै नेप्सेले पुस ६ गतेदेखि कारोबार रोक्का गरेको थियो ।
पुस ३ गतेको कम्पनीको संचालक समितिको बैठकले गरेको लाभांशसम्बन्धी निर्णय पुस ६ गते कारोबार समय १२ः३९ मा सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको थियो ।
कम्पनीले मानवीय त्रुटिका कारण सूचना सार्वजनिक गर्न ढिला हुन गएको र भविष्यमा यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेकाले सचेत गराउँदै कारोबार फुकुवा गरेको जानकारी नेप्सेले दिएको छ ।
कम्पनीको शेयर बुधबारदेखि कारोबारमा आउनेछ ।
