दुई दिन उच्च अकंले वृद्धि भएको शेयर बजार आज सामान्य करेक्सन

काठमाडौं । सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा २ रौनक देखिएकोमा आज केही सामान्य अकंले घट्न पुगेकोछ । लगातार २ कारोबारमा छलाङ आए पछि आज केही झिनो घटेको र शेयर बजार अब सुधार तिर नै लम्किने जानकारहरु बताउछन् ।
अर्थमन्त्री विष्णु पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलिको पालामा पूँजी बजार सुधारका लागि उत्कृष्ट काम गरेको भन्दैं लगानीकर्ता उत्साहित बनेका छन् । शेयर बजार अब नयाँ सरकारका काम कारबाही पछि निरन्तर उचाइमा पुग्ने विज्ञहरु बताउछन् ।
पौडेलले पुँजी बजार सुधार सरकारको प्राथमिकतामा परेको बताएका छन् । मन्त्रिपरिषद् बैठकले पनि समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार्ने निर्णय गरेको छ । आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अब शेयर बजार सहि दिसा लिने प्रतिक्रिया दिनछन् ।
अर्थमन्त्री र गभर्नर लाइन मिल्ने भएकाले आगामी दिनमा लगानीकर्तामैत्री नीति आउने अनुमान गरिएको छ । तरलता अवस्थामा सुधार हुँदै गएको छ । आगामी दिनमा ब्याजदर पनि घट्ने अनुमान गरिएको छ यी कुराले पनि शेयर बजार सुधार तिरै जाने आंकलन गर्ने थालिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.८१ अकंले घटेर १९७२.१५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ८ करोड ८५ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । साथै, रिडी पावरको ८ करोड ४ लाख ९१ हजार रुपैयाँ, अपर तामाकोशी हाइड्रोपावरकाृे ७ करोड ८४ लाख ४० हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ७ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ५ उपसूचकमा हरियाली छाएको छ । आज फाइनान्स समूहको ०.२४ प्रतिशत, हाइड्रोपावर समूहको ०.७१ प्रतिशत, जीवन बीमा समूहको ०.०५ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०६ प्रतिशत र निर्जीवन बीमा समूहको ०.१२ प्रतिशतले शेयर मुल्य बढेको हो ।
