अर्थमन्त्रीमा पौडेलको आगमनसंगै उत्साहित लगानीकर्ता: बजारमा देखिन थाल्यो चमक, कति पुग्ला परिसूचक ? « Arthapath.com
१७ असार २०८२, मंगलबार

अर्थमन्त्रीमा पौडेलको आगमनसंगै उत्साहित लगानीकर्ता: बजारमा देखिन थाल्यो चमक, कति पुग्ला परिसूचक ?



काठमाडौं । बुधबार लगानीकर्ताले नाफा बुक गर्दा सामान्य अकंले घटेको शेयर बजार बिहिबार भने हरियाली भएको छ । सरकारले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधार योजना आफ्नो मुख्य प्राथमिकतामा राखेपछि सेयर बजारमा निरन्तर रौनक देखा परेको छ ।

पूँजी बजार सुधार तथा लगानीकर्ताका हितका लागि सकारात्मक नभएका पूर्वअर्थमन्त्री जनार्दन शर्मा पद मुक्त पछि पनि शेयर बजार सुधार लम्कि रहेको छ । अर्थमन्त्री शर्माले अर्थमन्त्रालय सहि रुपमा समाल्न नसकेको, बजेट निमार्णमा अनिकृत ब्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भन्दैं चौतर्फी विवादित बनेका थिए ।

अर्थमन्त्री पौडेलले अगाडिको कार्यकालमा पूँजी बजार सुधारका लागि उत्कृष्ट काम गरेको भन्दैं लगानीकर्ता उत्साहित बनेका छन् । शेयर बजार अब नयाँ सरकारका काम कारबाही पछि निरन्तर उचाइमा पुग्ने विज्ञहरु बताउछन् । आम लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेको अब शेयर बजार सहि दिसा लिने प्रतिक्रिया दिनछन् ।

अर्थमन्त्री र गभर्नर लाइन मिल्ने भएकाले आगामी दिनमा लगानीकर्तामैत्री नीति आउने अनुमान गरिएको छ । अर्थमन्त्री पौडेलले पनि लगानीकर्तासँग लगातार भेटि गरी रहेका छन् । पौडेलले लगानीकर्तासँगको भेटमा पूँजी बजार बारे सकारात्मक प्रतिक्रिया दिइरदाँ शेयर बजार अझैं उत्साह थपिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.८८ अकंले बढेर २०२९.०३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज १२ करोड १४ लाख ७१ हजार रुपैयाँको कारोबार भएको छ । साथै, नेपाल टेलिकमको १० करोड ९२ लाख ४८ हजार रुपैयाँ, रिडी पावरको १० करोड १४ लाख २७ हजार रुपैयाँ,एनआइसी एशिया बैंकको ९ करोड ६६ लाख रुपैयाँ र नबिल बैंकको ९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको १.८२ प्रतिशत, विकास बैंक समूहको ३.३५ प्रतिशत, फाइनान्स समूहको ५.३८ प्रतिशत, जीवन बीमा समूहको ३.९८ प्रतिशत, निर्जीवन बीमा समूहको ४.३० प्रतिशतले बढेको हो ।

आज ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन उर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स, सिर्जनशील लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्