तीन लघुवित्तसहित चार कम्पनीको शेयरमा सर्किट, यी १० कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेललको आगमन पछि निरन्तर उकालो लागेको शेयर बजार आज पनि चमक कायमै राखेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५६ अकंले बढेर २०६३.८३ बिन्दुमा बन्द भएको छ ।
सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता शेयर किनेबेच हुदाँ २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँको कारोबार भएको छ ।
सोमबार चार कम्पनीको शेयरका सकारात्मक सर्किट लागेको छ । आज धौरागिरी लघुवित्त, शिर्जनशिल लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको शेयरका सर्किट लागेको छ ।
साथै, प्रभु इन्स्योरेन्सको ९ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ८.५३ प्रतिशत र मार्दी खोला जलविद्युतको ८.४६ प्रतिशतले बढेको हो ।
