चार कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए आज मालामाल « Arthapath.com
१७ असार २०८२, मंगलबार

चार कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ता भए आज मालामाल



काठमाडौं । साताको तेस्रो कारोबारको दिन आएर शेयर बजार सामान्य अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०३ अकंले घटेर २०६१.०६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता शेयर किनेबेच हुदाँ ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार चार कम्पनीको शेयरका सकारात्मक सर्किट लागेको छ । आज स्वीट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको शेयरका सर्किट लागेको छ । साथै, नेरुडे लघुवित्तको ७.७३ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ७.६० प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्