शेयर बजारमा चमक कायमै: ५ अर्ब माथि लम्कियो कारोबार, लगानीकर्ता उत्साहित

काठमाडौं । नयाँ सरकार बनेसँगै शेयर बजारले सरकारलाई निरन्तर स्वागत गरी रहेको छ । पूर्वअर्थमन्त्रीले पूँजी बजार सुधारका लागि कुनै सकारात्मक कदम चाल्न नसकेको बताउँदैं निराश लगानीकर्ता अहिले उत्साहि बनेका छन् ।
वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहालले अर्थमन्त्री विष्णु पौडेलल र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँगको भेटमा पूँजी सम्बन्धी सहि कदम चाल्न निर्देशन गरेसँगै लगानीकर्ता हौसिएका छन् ।
..
अहिले वर्तमान सरकारको मुख्य ध्यान नै अर्थतन्त्र सुधार र पूँजीका करिब ५० लाख भन्दा बढी लगानीकर्ताको हितको काम गर्ने तिर छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०९ अकंले बढेर २१४३.९३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँको कारोबार भएको छ ।

आज २ उपसूचक भने राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.३१ प्रतिशत र अन्य समूहको ०.८७ प्रतिशतले शेयर मूल्य घटेको छ । अन्य ११ उपसूचकमा हरियाली छाएको छ

आज हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ४३ करोड १९ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । साथै, रिडी पावरको २१ करोड। हिमाल दोलखाको ११ करोड रुपैयाँको कारोबार भएको छ ।
