नेप्सेमा एक कम्पनीको ६३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ६ प्रतिशत बराबरको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीले मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।