शेयर बजारमा चमक कायमै, झण्डै साढे ५ अर्बको कारोबार हुदाँ लगानीकर्ता उत्साहित

काठमाडौं । नयाँ सरकार गठन हुने वातावरण तयार भएदेखि नै सेयर बजार उकालो लाग्न थालेको थियो । पछिल्ला १३ दिनमा नेपाली सेयर बजार परिसूचक नेप्से करीब २ सय ९० अंक बढेको छ । १६ महिनाअभि नेप्सेले ३१ सय ९८ अंक पुगेर ओरालो लाग्न थालेदेखि नै निराश बनेका सेयर लगानीकर्तामा अचेल भने उत्साह छाएको छ ।
नयाँ सरकारलाई शेयर बजारले निरन्तर स्वागत गरी रहेको छ । अझ पूर्वप्रधानमन्त्री केपी शर्मा ओलिको पालामा ९ महिना अर्थमन्त्रालय समालेर सफल भएका विष्णु पौडेल फेरी अर्थमन्त्रीमा नियुक्त भएसँगै लगानीकर्ता उत्साहित बनेका हुन । २०७८ भदौ २ मा कीर्तिमानी उचाई चुमेर ओरालो लागेको सेयर बजार गत ९ असोजमा १८ सय १५ अंकमा झरेको थियो । तर त्यहाँबाट बजार थप घट्न सकेन । यसले ५३ हप्तादेखिको ओरालो यात्रामा ब्रेक लागेको देखिएको छ । त्यसयताका साढे ३ महिनामा नेप्सेले ३ सय २८ अंकको उचाइ पार गरेको छ । यसबीच सेयर बजारको आकार पनि ४ खर्ब ९२ अर्बभन्दा धेरैले बढेको छ ।
यद्यपि नेप्सेको बढ्दो रफ्तारले गति समातेको करीव दुई सातामात्रै भयो । पछिल्ला दुई हप्ताम नेप्से करीब २ सय ७७ अंक बढेको छ । अघिल्लो हप्ता १६२ अंक बढेको नेप्से गत साता थप १ सय १५ अंक बढेपछि यो स्थानमा आइपुगेको हो । यो बृद्धि कति लम्बिन्छ भन्ने स्पष्ट त छैन, तर तत्कालका लागि लगानीकर्तामाझ सेयर बजारमा पैसा खन्याउने लहर चलेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५५ अकंले बढेर २१६४.४८ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार ३ .उपसूचकमा राताम्या हुदाँ १० उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.८८ प्रतिशत म्युचुअल फण्ड समूहको ०.२२ प्रतिशतले घटेको हो ।

आज हिमालयन डिस्टलरीको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर २१ करोड माथिको कारोबार भएको छ ।
