आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साताको सुरुवात पनि शेयर बजार दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५५ अकंले बढेर २१६४.४८ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बुद्धभुमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको आज ४.२५ प्रतिशतले घटेको हो ।
साथै, वीन नेपाल लघुवित्तको ४.२३ प्रतिशत, सिर्जनशिल लघुवित्तको ४.१० प्रतिशत, समिट लघुवित्तको ३.६३ प्रतिशतले घटेको हो ।
