तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.५५ अकंले बढेर २१६४.४८ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको १करोड ४१ लाख ९८८ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन डिष्टीलरीसहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर किनबेच भएको हो । कम्पनीको २१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको ७२ लाख ९२८ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर सेयर मूल्य भने आज प्रतिकित्ता २ हजार ८७१ रुपैयाँ कायम भएको छ ।
कारोबार रकमका आधारमा दोस्रो स्थानामा रहेको शिवम सिमेन्ट कम्पनीको १९ करोड ६८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको आज ३ लाख ४२ हजार १७८ कित्ता सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५७५ रुपैयाँ २० पैसा कायम भएको छ ।
यस्तै, आज रिडी पावरको पनि १५ करोड ७१ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज २ लाख ८१ हजार ८५ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ रहेको छ ।