थप बलियो बन्दै सेयर बजार: परिसूचक बिन्दुले नाघ्यो २२ सयको सीमा, ५ अर्ब ३१ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा निरन्तर चमक देखिन थालेको छ । नयाँ सरकार बन्नु भन्दा पहिला सधै निराश लगानीकर्ता अहिले उत्साहित बन्दैं गएका छ । नयाँ सरकारका प्रधानमन्त्री पुष्प कमल दाहाल तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजी बजार सुधारका लागि आवश्यक कमद चाल्न सुरु गरे पछि लगानीकर्ता हौसित बन्दैं गएका हुन ।
२०७८ भदौ २ मा कीर्तिमानी उचाई चुमेर ओरालो लागेको सेयर बजार गत ९ असोजमा १८ सय १५ अंकमा झरेको थियो । तर त्यहाँबाट बजार थप घट्न सकेन । यसले ५३ हप्तादेखिको ओरालो यात्रामा ब्रेक लागेको देखिएको छ । त्यसयताका साढे ३ महिनामा नेप्सेले ३ सय २८ अंकको उचाइ पार गरेको छ । यसबीच सेयर बजारको आकार पनि ४ खर्ब ९२ अर्बभन्दा धेरैले बढेको छ ।
यद्यपि नेप्सेको बढ्दो रफ्तारले गति समातेको करीव दुई सातामात्रै भयो । पछिल्ला दुई हप्ताम नेप्से करीब २ सय ७७ अंक बढेको छ । अघिल्लो हप्ता १६२ अंक बढेको नेप्से गत साता थप १ सय १५ अंक बढेपछि यो स्थानमा आइपुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.७६ अकंले बढेर २२११.३८ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचकमा हरियाली छाएको छ । आज होटल तथा पर्यटन समूहको मात्र शेयर मूल्य ०.७० प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ समूहको २.११ प्रतिशत, विकास बैंक समूहको ३.२५ प्रतिशत, फाइनान्स समूहको ३.१८ प्रतिशत, जीवन बीमा समूहको १.६२ प्रतिशत र निर्जीवन बीमा समुहको २.५२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै आज रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएकोछ । कम्पनीको शेयर २० करोड ६८ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ । साथै,ङादी ग्रुप पावरको १६ करोड ९६ लाख रुपैयाँ र एनआइसी एशिया बैकको १६ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।
