आठ हाइड्रोपावरसहित ११ कम्पनीको शेयरका सर्किट, कुनको कति बढ्यो ? « Arthapath.com
१६ असार २०८२, सोमबार

आठ हाइड्रोपावरसहित ११ कम्पनीको शेयरका सर्किट, कुनको कति बढ्यो ?



काठमाडौं । नयाँ सरकार निर्माण पछि शेयर बजारले उकालो यात्रालाई निरन्तता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.७६ अकंले बढेर २२११.३८ बिन्दुमा बन्द भएको छ ।

सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँको कारोबार भएको छ ।

सोमबार ११ कम्पनीका शेयरका सकारात्मक सर्किट लागेको छ । आज बरुण हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशि हाइड्रोपावर, हिमालयन उर्जा विकास, यूनियन हाइड्रोपावर, सिन्गटी हाइड्रो, खप्तड लघुवित्त, राधि विद्युत, बाराही हाइड्रोपावर र पिपुल्स हाइड्रोपावरको शेयरका सर्किट लागेको हो ।


प्रतिक्रिया दिनुहोस्