स्वाभिमान लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.७६ अकंले बढेर २२११.३८ बिन्दुमा बन्द भएको छ ।
सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँको कारोबार भएको छ ।
आज स्वाभिमान लघुवित्तका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ३.५७ प्रतिशतले घटेको हो ।
साथै, धौलागिरी लघुवित्तको २.४४ प्रतिशत, नेपाल एसबिआइ बैंक डिबेञ्चरको १.९९ प्रतिशत, गुडवइल फाइनान्स डिबेञ्चरको १.९१ प्रतिशतले घटेको हो ।
