सेयर बजारमा तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ? « Arthapath.com
१६ असार २०८२, सोमबार

सेयर बजारमा तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.७६ अकंले बढेर २२११.३८ बिन्दुमा बन्द भएको छ ।

सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँको कारोबार भएको छ ।

आज रिडि पावरसहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त दिन सबैभन्दा बढी रिडी पावरको सेयर किनबेच भएको हो । कम्पनीको २० करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको ३ लाख ५१ हजार १४१ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर सेयर मूल्य भने आज प्रतिकित्ता ६ सय रुपैयाँ कायम भएको छ ।

कारोबार रकमका आधारमा दोस्रो स्थानामा रहेको ङादी ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको आज ५ लाख ६० हजार ४७ कित्ता सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ३१० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज एनआइसी एशिया बैंकको पनि १६ करोड ७८ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको आज २ लाख ८ हजार २२८ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८०४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्