नेप्सेमा १५ अर्ब विकास ऋणपत्र सूचीकृत « Arthapath.com
२५ पुष २०७९, सोमबार

नेप्सेमा १५ अर्ब विकास ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकले निष्कासन गरेको विकास ऋणपत्र सूचीकृत भएको छ ।

सोमबार राष्ट्र बैंकको ३ वटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । राष्ट्र बैंकको २ वर्षे अवधि तथा १०.६४ प्रतिशत ब्याजदर भएको ८ अर्ब बराबरको ‘२०८१ छ’ नामक ऋणपत्र, ३ वर्षे अवधि तथा १० प्रतिशत ब्याजदर भएको २ अर्बको ‘२०८२ छ’ नामक ऋणपत्र र ४ वर्षे अवधि तथा १०.९३ प्रतिशत ब्याजदर भएको ५ अर्ब बराबरको ‘२०८३ ज’ नामक ऋणपत्र सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्