प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन किन घट्यो शेयर बजार ? कारोबार भने साढे ७ अर्ब माथि !

काठमाडौं । केही दिन यता निरन्तर उकालो लागि रहेको शेयर बजारमा आज ब्रेक लागेको छ । आज प्रधानमन्त्री पुष्प कमल दाहालले संसदमा विश्वासको मत लिदैं छन् । प्रतिपक्षमा रहेका नेपाली काग्रेस, एकीकृत समाजवादी र लोसपाले पनि विश्वासको मत दिने भने पनि अनेको अन्यौंलका बीच सेयर बजार ओरालो लाग्न पुगेको हो ।
कारोबार भएको करिब १ घण्टामा ६० अकंंले बढेको शेयर बजार अन्तिमसम्म आइपुग्दा दोहोरो अकंले घटेर बन्द भएको छ । शेयर बजार घटे पनि आज कारोबारले आकाश छुएको छ । शेयर बजार कयौं महिना पछि साढे ७ अर्ब पुग्न सफल भएको हो । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत पाएसगै भोलि देखि शेयर बजार उचाइमा पुगेको हो ।
नेपाली काग्रेसले विश्वासको मत दिने निर्णय गरेसँगै फेरी एमालेलाई विपक्ष बनाउने डरले पनि शेयर बजार ओरालो लागेको आंकलन जानकारहरुको छ । एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडेललाई लगानीकर्ताले ठूलो विश्वास गरे पनि सरकारमा आउन सक्ने परिवर्तनले शेयर बजार आज घट्न पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३५ अकंले घटेर २१९०.४२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २ लाख ८ करोड ४३ लाख ९५२ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजार ओरालो लागेसँगै आज २ उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको ०.६० प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२२ प्रतिशतले शेयर मुल्य बढेको हो । बाँकी ११ उपसूचकमा राताम्य भएको हो ।

मंगलबार ङादी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज २१ करोड २१ लाख रुपैयाँ, अपी पावरको २० करोड ६ लाख रुपैयाँ, रिडी पावरको १८ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।
