घटेको बजारमा दुई कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति बिक्री भयो सेयर ?

काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.३५ अकंले घटेर २१९०.४२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको २ लाख ८ करोड ४३ लाख ९५२ कित्ता शेयर किनबेच हुदाँ ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।
आज ङादी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । उक्त दिन सबैभन्दा बढी ङादीको सेयर किनबेच भएको हो । कम्पनीको २१ करोड २१ लाख १ हजार रुपैयाँ बराबरको ६ लाख ५५ हजार १७३ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर सेयर मूल्य भने आज प्रतिकित्ता ३१६ रुपैयाँ कायम भएको छ ।
कारोबार रकमका आधारमा दोस्रो स्थानामा रहेको अपी पावर कम्पनीको २० करोड ६७ लाख ८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको आज ७ लाख २३ हजार ४०४ कित्ता सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता २७६ रुपैयाँ कायम भएको छ ।
्