साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का, यस्तो छ कारण « Arthapath.com
१६ असार २०८२, सोमबार

साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर कारोबार रोक्का गरेको छ ।

कम्पनीले लाभांश सम्बन्धी सूचना समयमै जानकारी नगराएपछि नेप्सेले काराबाही गरेको हो । साल्ट ट्रेडिङले बिहीबार बिहान ८ः३० बजे सञ्चालक समितिको बैठक बसी १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

उक्त जानकारी दोस्रो बजारमा कारोबार खुला भइसकेपछि मात्र गरेको हुदाँ नेप्सेले सेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेश माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्