गुराँस लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । शेयर बजार राताम्य भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०२ अकंले घटेर २१४९.४१ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता शेयर किनबेच हुदाँ ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ९.१८ प्रतिशतले घटेको हो ।
साथै, कालिका पावरको ८.४८ प्रतिशत, बलेफी हाइड्रोपावरको ७.४४ प्रतिशत, स्वावलम्बन लघुवित्तको ७.३१ प्रतिशत र खप्तड लघुवित्तको ७.३० प्रतिशतले शेयर घटेको हो ।
