नेप्सेमा सूचीकृत कम्पनीको संख्या २४७ पुग्यो, कुनको हिस्सा कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

नेप्सेमा सूचीकृत कम्पनीको संख्या २४७ पुग्यो, कुनको हिस्सा कति ?



काठमाडौं । २०७९ मंसिरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २४७ पुगेको छ ।

सूचीकृत कम्पनीहरुमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६२ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन्। २०७८ मंसिरमा सूचीकृत कम्पनीहरूको संख्या २२४ रहेको थियो ।

त्यस्तै, सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६७.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ११ प्रतिशत, लगानी कम्पनीको ६.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९ प्रतिशत रहेको छ ।

साथै, २०७८ मंसिरमसान्तमा २४१४.६ रहेको नेप्से सूचकाङ्क २०७९ मंसिरमसान्तमा १८८२.६ कायम भएको छ । मंसिरमसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२७२१ अर्ब ११ करोड कायम भएको छ । २०७८ मंसिरमसान्तमा बजार पुँजीकरण रु.३३९४ अर्ब ७० करोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्