नेप्सेमा एक कम्पनीको १९ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

नेप्सेमा एक कम्पनीको १९ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार आधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १९ प्रतिशत बोनस बापतको १ लाख ९० हजार कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्