मन्त्रिपरिषद विस्तारलाई सेयर बजारको हरियो कार्पेट: दोहोरो अंकको रौनकता, साढे ३ अर्ब बढीको कारोबार

काठमाडौं । मंगलबार पुष्प कमल दाहाल प्रचण्ड नयाँ मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रचण्ड नेतृत्वको मन्त्रिपषिद विस्तारलाई सेयर बजारले पनि हरियो कार्पेटले स्वागत गरेको छ ।
प्रचण्ड सरकार गठन भएपछि निरन्तर उकालो लागेको बजारमा विश्वासको मत पाएपछि केही ओरालो लागेको थियो । तर, मन्त्रिपरिषद् विस्तारसंगै बजारमा दोहोरो अंकको रौनकता देखिएको छ ।
मंंगलबार बजार ३२.७२ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसुचक पनि २१८२.११ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज नेप्सेमा सूचीकृत २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता शेयर किनबेच भएको हो । त्यस्तै कारोबार भने ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, मंगलबार १२ उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको शेयर मूल्य मात्र ०.२९ प्रतिशतले घटेको हो भने १२ उपसूचक उकालो लागेका हुन ।

त्यस्तै, आज अपि पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर २३ करोड २६ लाख ८ हजार रुपैयाँको कारोबार भएको हो । साथै,। अपर तामाकोशी हाइड्रोपावरको ११ करोड ३८ लाख रुपैयाँ, ङादी ग्रुपको १० करोड रुपैयाँको कारमेबार भऐा छ ।
