नेप्सेले महिला लघुवित्तसहित तीन कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले मंगलबार तीन कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।
महुली लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार फुकुवा गरेको हो । यी तीनओटै कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को लाभांशसम्बन्धी पत्र कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले शेयर कारोबार रोक्का राखेको थियो ।
तीन दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टीकरण सोधेकोमा तीनओटै कम्पनीले गल्ती नदोहो¥याउने प्रतिवद्धता गरेको कारण शेयर कारोबार फुकुवा गरेको हो ।
अब तीन ओटै कम्पनीको बुधबार (माघ ४ गते) देखि कारोबारमा आउनेछ ।
महुली लघुवित्त

महिला लघुवित्त

साल्ट ट्रेडिङ
