सेयर बजार झिनो अकंले घट्यो, झण्डै ५ अर्ब रुपैयाँको कारोबार हुदाँ १० उपसूचक राताम्य

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अकंले घट्न पुगेको छ । केही दिन यता सुधार तिर लम्किरहेको सेयर बजार आज भने ओरालो लागेको हो ।
सेयर बजारमा लगानीकर्ताहरुले नाफा बुक गर्ने खोज्दा सेयर बजार ओरालो लागेको देखिन्छ । प्रचण्ड सरकार बने यता लगानीकर्ताको मनोभावना बुझ्ने अर्थमन्त्री पाएको भन्दैं उत्साहित बन्दैं आएका छन् । अघिल्लो कार्यकालमा स्वागत योग्य काम गरेको विष्णु पौडेललाई अर्थमन्त्रीको रुपमा पाउँदा लगानीकर्तामा उत्साह छाएको हो । अर्थतन्त्रका सबै सूचक सुधार तिर लम्कि रहेको हुदाँ सेयर बजारमा पनि सुधार आउने आंकलन जानकारहरुको रहेको छ ।
सेयर बजार घटे पनि आज झण्डै ५ अर्ब रुपैयाँको कारोबार भएको छ । लगानीकर्ता नाफा बुक गर्ने लागी परेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अकंले घटेर २१७३.१० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब ९२ करोड ८७ लाख १४ हजार ६०२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, बुधबार १० उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.४६ प्रतिशत, हाइड्रोपावर समूहको ०.८४ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२१ प्रतिशतले शेयर मूल्य बढेको हो ।

साथै, आज रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री गर्ने भएको छ । कम्पनीले५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएसँगै कम्पनीको आज ३५करोड ७८ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अपि पावरको १९ करोड रपैयाँको कारोबार भएको छ ।
