शेयर बजारमा झिनो सुधार, ३ अर्ब माथिको कारोबार हुदाँ ६ उपसूचकमा हरियाली « Arthapath.com
१६ असार २०८२, सोमबार

शेयर बजारमा झिनो सुधार, ३ अर्ब माथिको कारोबार हुदाँ ६ उपसूचकमा हरियाली



काठमाडौं । शेयर बजारमा सामान्य सुधार देखा परेको छ । हिजो घटेको शेयर बजार आज भने झिनो सुधार देखिएको हो ।

। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७१ अकंले बढेर २१७८.८१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।

आज शेयर बजारमा ६ उपसूचकमा हरियाली छाएको छ भने ७ उपसूचक राताम्य भएका छन् । बिहिबार बैंकिङ समूहको ०.६६ प्रतिशत, हाइड्रोपावर समूहको १.०३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.७८ प्रतिशत, म्युचुअल फण्ड समूहको १.४७ प्रतिशत, निर्जीवन बीमा समूहको ०.२१ प्रतिशत र ब्यापार समूहको २.६८ प्रतिशतले शेयर मूल्य बढेको हो । अन्य ७ उपुसूचकको भने राताम्य भएको छ ।

आज एनआइसी एशिया बैंकमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज १८ करोड ४ लाख ४४ हजार रुपैयाँ शेयर खरिद बिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्