नेप्सेले गर्यो नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण « Arthapath.com
९ माघ २०७९, सोमबार

नेप्सेले गर्यो नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश घोषणा सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम सो संस्थाको सेयर कारोबार रोक्का गरिदिएको हो ।

साथै, सम्पूर्ण कारण खुलाई तीनदिन भित्र स्पष्टिकरण समेत पेश गर्न अनुरोध गरेको छ । कम्पनीको पुष ९ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ३८.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रतिक्रिया दिनुहोस्