सेयर बजार दोहोरो अकंले घट्यो, ११ उपसूचक राताम्य हुदाँ ३ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । गत साताको अन्तिम कारोबार दिने सामान्य अकंले सुधार देखिएको सेयर बजार यो साताको सुरुवात मै दोहोरो अकंले ओरालो लागेको हो ।
बैंक तथा लघुवित्त कम्पनीले चालु आर्थिक वर्ष २०७९।०८० को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरी रहेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको विवरणमा अधिकांश सूचक ओराला देखेपछि लगानीकर्ता डराएको आंकलन गरीको छ । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरुको हिसां बढी रहेको छ । दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले पनि सोचे जस्तो पतिफल नल्याउनु र विकास बैंकहरु ओरालो लाग्नुका कारण सेयर बजार प्रभावित बनेको जानकारहरु बताउछन् ।
सेयर विज्ञहरु देशका अधिकांश सूचक उकालो लागेका बेला सेयर बजार घट्नु पर्ने खासै कारण नभएको हुदाँ सेयर बजार अब माथि उक्लिदैं जाने बताउछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अकंले घटेर २१६५.१० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँको कारोबार भएको छ ।
सोमबार कुमारी बैंकको सेयरमा सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २७ करोड ४८ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ । एनआइसी एशियाको १२ करोड ७५ लाख रुपैयाँ, रिडी पावरको ११ करोड १३ लाख रुपैयाँ र अपि पावरको ११ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ।
आज ११ उपसूचक राताम्य भएका छन् भने बैंकिङ समूहको १ं.०८ प्रतिशत र म्युचुअल फण्डको ०.६६ प्रतिशतले सेयर मुल्य बढेको हो ।