पाँच कम्पनीको सेयरमा सर्किट, यी लगानीकर्ता सर्वाधिक कमाए

काठमाडौं । सेयर बजार आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अकंले घटेर २१६५.१० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँको कारोबार भएको छ ।
सोमबार सेयर बजार घटे पनि ५ कम्पनीको सेयरमा सर्किट लागेको छ । आज आर्दश लघुवित्त, सानिमा जिआइसी इन्स्योरेन्स, कुमारी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको सेयरमा सर्किट लागेको हो ।