कुमारी बैंकमा झुम्मिए लगानीकर्ता, आज १३ लाख २५ हजार कित्ता बिक्री, मूल्य कति ? « Arthapath.com
१६ असार २०८२, सोमबार

कुमारी बैंकमा झुम्मिए लगानीकर्ता, आज १३ लाख २५ हजार कित्ता बिक्री, मूल्य कति ?



काठमाडौ. । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.७१ अकंले घटेर २१६५.१० बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९७३ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजार ओरालो लागे पनि आज कुमारी बैंकको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २७ करोड ४८ लाख २८ हजार ८३२ रुपैयाँ बराबरको १३ लाख २५ हजार ९३ कित्ता सेयर किनबेच भएको हो ।

त्यस्तै, आज कम्पनीको सेयर मूल्यमा समेत सकारात्मक सर्किट लागेको हो । कम्पनीको आज प्रतिकित्ता १८ रुपैयाँ ९४ पैसाले बढेर २०८ रुपैयाँ ५० पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्