सेयर बजार १०.३७ अकंले बढ्यो, १० उपसूचकमा हरियाली हुदाँ झण्डै साढे ३ अर्बको कारोबार « Arthapath.com
१५ असार २०८२, आईतबार

सेयर बजार १०.३७ अकंले बढ्यो, १० उपसूचकमा हरियाली हुदाँ झण्डै साढे ३ अर्बको कारोबार



काठमाडौं । मंगलबार झिनो अंकले बढेको सेयर बजार आज पनि केही सामान्य अंकले सुधार आएको छ । सेयर बजार केही दिन यता सुस्ताएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार आएको केही साता आकाशिएको सेयर बजार फेरी केही दिन यता खासै सुधार तिर लम्किन सकेको छैन ।

ब्यावसायिहरु ब्याजदर अझैं बढी नै रहेको बताउँदैं आइरहेको छन् । अझै लगानी गर्ने बातावरण भइ सकेको अवस्था नरहेको आंकलन गर्ने थालिएको छ । इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि ऋण तिर्ने नसकेको बताउदँदैं शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । सोहि घटानाले पनि लगानीकर्ता बैंकबाट ऋण लिन समेत डराएको अवस्था छ ।

जानकारहरु भने सेयर बजार घट्ने बढ्ने स्वाभाविक कुरा भएको भन्दैं नआत्तिन बताइरहेको छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३७ अकंले बढेर २१८३.६२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको कारोबार भएको छ ।

बुधबार १० उपसूचकमा हरियाली छाएको छ। आज बैंकिङ समूहको ०.५३ प्रतिशत, फाइनान्स समूकको ०.०१ प्रतिशत र अन्य सूमहको १.५० प्रतिशतले सेयर मूल्य घटेको हो भने अन्य सूचकमा हरियाली छाएको हो ।


प्रतिक्रिया दिनुहोस्