हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा आज दोहोरो अकंको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३७ अकंले बढेर २१८३.६२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको कारोबार भएको छ ।
लगानीकर्ता हाइड्रोपावरमा झुम्मिएका छन् । आज नेशनल हाइड्रोपावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १० करोड १४ लाख ८६ हजार रुपैयाँको कारोबार भएको हो ।
साथैं, हिमाल दोलाहा हाइड्रोपावरको ९ करोड २१ लाख रुपैयाँ, ग्रिन लाइफ हाइड्रोपावरको ८ करोड ३६ लाख रुपैयाँ र अप्पर तामोकोशी हाइड्रोपारको ६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
