पाँच कम्पनीको सेयरमा सर्किट, बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.३७ अकंले बढेर २१८३.६२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । सेयर बजार घटे पनि ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको कारोबार भएको छ ।
आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज ग्रीनलाइफ हाइड्रोपावर, आर्दश लघुवित्त, सानिमा जिआईसि इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको सेयरका सकारात्मक सर्किट लागेको छ ।
