नेप्सले गर्यो तीन इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो ।
प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६ गतको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्दान्तिक स्वीकृति रद्द भएको हुँदा नेप्सेले रोक्का रहेको प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

साथै, लुम्बिनी र सगरमाथाले एक आपसमा मर्जरमा जान सम्झौता गरेसँगै नेप्सेले सेयर कारोबार रोक्कागरेको थियो । यी २ कम्पनीले नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।


३ वटै कम्पनी भोलि अर्थात माघ १२ गतेदेखि काराबोरमा आउनेछन् ।