सेयर बजार झिनो अकंले घट्यो: ६ उपसूचक हरियाली, खुम्चियो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अकंले ओरालो लागेको छ । अघिल्ला २ कारोबारको दिन केही सामान्य अकंले बढेको सेयर आज भने झिनो घट्न पुगेको हो ।
लगानीकर्तामा ब्याजदरको त्रास र बैंक तथा वित्तीय संस्थाले दोस्रो त्रैमाससम्मको विवरणमा नाफा कमाउन नसक्नुको कारणले पनि सेयर बजार घटेको आंकलन गर्ने थालिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ०.३५ अकंले घटेर २१८३.२७ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ७७ लाख ६४ लाख १५३ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँको कारोबार भएको छ ।
आज ६ कम्पनीको सेयर मूल्यमा हरियाली लागेको छ । बिहिबार होटल समूहको ०.७८ प्रतिशत, हाइड्रोपावर समूहको ०.८१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.०७ प्रतिशत, जीवन बीमा समूहको १.२७ प्रतिशत, निर्जीवन बीमा समूहको १.४९ प्रतिशत र ब्यापार समूहको ०.१७ प्रतिशतले सेयर मूल्य घटेको हो । साथै ७ उपसूचक भने राताम्य भएका छन् ।
