दोहोरो अकंले घट्यो सेयर बजार, सुस्ताएको कारोबारमा ११ उपसूचक राताम्य « Arthapath.com
१५ असार २०८२, आईतबार

दोहोरो अकंले घट्यो सेयर बजार, सुस्ताएको कारोबारमा ११ उपसूचक राताम्य



काठमाडौं । साताको सुरुवात मै सेयर बजार ओरालो लागेको छ । गत साताको अन्तिम दिन झिनो अकंले घटेको सेयर बजार यो साताको सुरुवात मै दोहोरो अकंको ओरालो लागेको छ ।

अर्थतन्त्रको अवस्था सुधारि रहेको प्रक्रिया आइरहेको भए पनि लगानीकर्ताहरुलाई अझै लगानी गर्ने बातावरण सिर्जना नभएको आंकलन गरीएको छ । बैंकको ब्याजदर अझै बढी रहेको भन्दैं ब्यावसायहरु असुन्तुष्टि रहेको हुनाले पनि सेयर बजार सुधार तिर जान नसकेको जानकारहरु बताउछन् । सेयर बजार घटे सँगै कारोबार रकम समेत खुम्चिदैं गएको छ । नयाँ सरकार बनेको २ साता हरियाली छाउदा उत्साहित भएका लगानीकर्ता फेरी सुस्तायरको सेयर बजारले निराश गराएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार ११ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको ०.२० प्रतिशत र जीवन बीमा समूहको ०.३४ प्रतिशतले शेयर मूल्य बढेको हो भने अन्य समूहहरु ओरालो लागेका हुन ।


प्रतिक्रिया दिनुहोस्