पाँच कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
१५ असार २०८२, आईतबार

पाँच कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । सेयर बजारमा सुधार आउन सकेको छैन । सेयर बजार केही साता यता निरन्तर ओरो लागि रहेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

आज पाँच कम्पनीको सेयरका सकारात्मक सर्किट लागेको छ । आज लुम्बिनी जनरल इन्स्योरेन्स, बराही हाइड्रोपावर, इस्टेन हाइड्रोपावर, आर्दश लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयरका सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्