सेयर बजारमा भारि गिरावट: ३ अर्ब मै सिमित कारोबार, किन घट्दैं छ बजार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा पहिरो गएको छ । पुष्प कमल दाहाल प्रचण्डको सरकार बनेको केही साता निरन्तर उचाइमा पुगेको सेयर बजार फेरी केही दिन यता ओरालो यात्रालाई निरन्तता दिएको छ ।
बजारमा बैंकहरुको ब्याजदर बढी भएको भन्दैं चौर्तफी बिरोध भइरहेको छ । ठाउँ ठाउँबाट ब्यावसायीहरु ब्याजदरको बिरोधमा आन्दोलन गर्दै छन् । सोहि कारण पनि सेयर बजा प्रभावि बन्दैं गएको छ । अहिले लगानीकर्ताहरु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खिरहेको देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०१ अकंले घटेर २१२७.५२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।
सोमबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.१५ प्रतिशत, विकास बैंक समूहको २.५२ प्रतिशत, फाइनान्स समूहको ३.४२ प्रतिशत लगायत १३ वटै उपसूचक ओरालो लागेका हुन ।
