सूर्यज्योति लाइफमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ? « Arthapath.com
१५ असार २०८२, आईतबार

सूर्यज्योति लाइफमा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति भयो कारोबार ?



काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । अहिले लगानीकर्ताहरु ब्याजदरको डर र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खिइका कारण सेयर बजार प्रभावित बन्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.०१ अकंले घटेर २१२७.५२ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।

सोमबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर १७ करोड ६५ लाख ४० हजार रुपैयाँको कारोबार भएकोछ ।

साथै, रिडी पावरको १० करोड ४८ लाख रुपैयाँ, पिपुल्स हाइड्रोपावरको ९ करोड ५६ लाख रुपैयाँ, अपर तामाकोशीको ९ करोड ३५ लाख रुपैयाँ र अपि पावरको ७ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्