बजार १५.७४ अकंले घट्यो, १२ उपसूचक राताम्य हुदाँ कारोबार खुम्चिदैं, यस्तो छ कारण

काठमाडौं । साताको दोस्रो दिन भारि अकंले घटेको सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तता दिएको छ । लगानीकर्ता ‘पर्ख र हेर’ को मुडमा गएपछि नेप्से सूचक पनि साइडवेजमा देखिएको छ ।
बजार विश्लेषकहरुले पनि २१०० देखि २२०० को रेन्जलाई महत्वपूर्ण मानेका छन् । नेप्से केही समययता सोही रेन्जभित्र बसेर तलमाथि गरिरहेको छ । यस लाइनभन्दा तल आउन पनि सकेको छैन भने क्रस गरेर माथि जान पनि सकेको छैन । अहिले लगानीकर्ताहरु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई पर्खिरहेको देखिएको छ ।
पछिल्लो केही समययता अर्थतन्त्रका सूचक र नीतिगत विषयहरुपनि बजारका लागि सहज बन्दै गएका छन् । तर, अझै पनि सेयर बजार माथि उठन सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७४ अकंले घटेर २१११.६३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ ्कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८३ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, मंगलबार १२ उपसुचक ओरालो लागेको छ । आज हाइड्रोपावर समूहको ०.०२ प्रतिशतले शेयर मूल्य बढेको हो । अन्य १२ उपसूचक राताम्य भउका हुन ।
