रिडि पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारले ओरालो यात्रालाई निरन्तता दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७४ अकंले घटेर २१११.६३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ ्कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ८३ करोड ४५ लाख ४० हजार ४०६ रुपैयाँको कारोबार भएको छ ।
आज रिडी पावरको सेयरका लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको सेयर १९ करोड २० लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।
साथै, लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोड ३७ लाख रुपैयाँ, गुराँस लाइफको ७ करोड ६७ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ७ करोड १० लाख रुपैयाँको कारोबार भएको छ ।
