नेप्सेमा रिडि पावर र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
मंगलबार रिडी पावर कम्पनी लिमिटेड र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो । दुबैं कम्पनीले साधारण सभा प्रयोजनका लागि पुष १८ गते बसक क्लोज गर्ने भएसँगै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।
रिरडी पावर कम्पनीको ४० प्रतिशत बोनस सेयर समायोजन पछि ३८५ रुपैयाँ तोकिएकोछ । सोहि आधारमा कम्पनीको सेयर भोलिबाट कारोबारका आउनेछ । कम्पनीको अन्तिम शेयर मूल्य ५३९ रुपैयाँको आधारमा सेयर मूल्य समायोजन भएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य ३०८ रुपैयाँ ३३ पैसा तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य ३३३ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।