वैदेशिक रोजगारीमा गएका नेपालीले सानिमा मिडिलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
१८ माघ २०७९, बुधबार

वैदेशिक रोजगारीमा गएका नेपालीले सानिमा मिडिलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आइपीओ वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले आवेदन दिने आज (माघ १८ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा आज (माघ ४ गते) देखि जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्नेछ । प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा विक्री गरीनेछ ।

स्थानीयका लागि विक्री गरिने कूल कित्ता शेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं। १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं। १ तथा भिक्वाखोला गाउँपालिका वडा नं। १ र २, मेरिङदेन गाउँपालिका वडा नं। २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं। ५ तथा मैवाखोला गाउँपालिका वडा नं। १ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि ४० प्रतिशत अर्थात् १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाहरूका लागि ६० प्रतिशत अर्थात् १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

स्थानीयसँगै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण निष्कासन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि विक्री गरेको हो ।

उक्त आइपीओमा आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ । आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आईपीओ विक्री खुला हुनेछ ।

विक्री प्रबन्धकसँगै वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । स्थानीय वासिन्दाले भने विक्री प्रबन्धकसँगै कम्पनीको कार्यालय, धुम्बाराही, काठमाडौं, आयोजना स्थल ताप्लेजुङ्ग, सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकको ताप्लेजुङ्गमा रहेको शाखा कार्यालयमा आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

यो शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्