आर्दश लघुवित्तको सेयरका सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.५४ अकंले बढेर २०९६.०८ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५८ कम्पनीको ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।
आज आर्दश लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर आज प्रतिकित्ता १९२ रुपैयाँ ८० पैसाले बढेर २ हजार १२१ रुपैयाँ ७० पैसा पुगेको छ ।
साथै, पोखरा फाइनान्सको ८.४९ प्रतिशत, सिद्धार्थ इक्वाटी फण्डको ४.२९ प्रतिशत, जानकी फाइनान्सको ४.१५ प्रतिशत र चिलिमे हाइड्रोपावरको ४.०८ प्रतिशतले बढेको हो ।
