अपि पावरसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.४३ अकंले बढेर २१८२.६१ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँको कारोबार भएको छ ।
बिहिबार अपि पावरको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको सेयर ५ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
साथै, नबिल बैंकको ५ करोड ७३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५ करोड ३३ लाख रुपैयाँ र स्डान्डर्ड चार्टर्ड बैंकको ४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
