मौद्रिक नीति समीक्षाको असरः ६० अकंको पहिरो, कारोबार रकम ३ अर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रीक नितिको समिक्षा गर्यो । जारी भएको मौद्रिक नीति समीक्षामा लगानीकर्ताले अपेक्षा गरेजस्तो नीतिगत बदलाव नदेखिएपछि नेप्सेमाका साताको सुरुवात मै पहिरो गएकोछ ।
सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता बढाउने खालका सुधारको अपेक्षा गरेको थियो ।
अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गर्ने भनेको छ । तर यसबीचमा पनि ठूलै नीतिगत परिवर्तन हुने छाँट छैन । सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने नीतिगत बदलाव नभए यो घट्दो रफ्तार फेरी १८ सयकै विन्दुसम्म फर्किन सक्ने जोखिम कायम रहन सक्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६०.८८ अकंले घटेर २१२१.७५ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँको कारोबार भएको छ ।
आइतबार १३ वटै उपसूचकमा पहिरो गएको छ । आज बैंकिङ समूहको २.०४ प्रतिशत, विकास बैंक समूहको ३.६३ प्रतिशत, फाइनान्स समूहको ४.७० प्रतिशत, होटल तथा पर्यटन समूहको २.७४ प्रतिशत, हाइड्रोपावर समूहको ४.०६ प्रतिशतले सेयरमूल्य घटेको हो ।
