सेयर बजारले ओरालो यात्रालाई दियो निरन्तरता, कारोबार पनि खुम्चिदैं « Arthapath.com
१५ असार २०८२, आईतबार

सेयर बजारले ओरालो यात्रालाई दियो निरन्तरता, कारोबार पनि खुम्चिदैं



काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक सेयर बजार निरन्तर ओरालो लागि रहेको छ । केन्द्रीय बैंकले समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि लगानीकर्ता निराश बनेका हुन् ।

सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञानले निकै ठूलो भूमिका खेल्ने गर्छ । उनीहरुलाई बजार अब बढ्छ भन्ने विश्वास नभएसम्म नेप्सेले गति लिन सक्दैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार १२ उपसूचक राताम्य भएको छ । आज बैंकिङ समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको ०.५५ प्रतिशत, फाइनान्स समूहको ०.९४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२४ प्रतिशत र हाइड्रोपावर समूहको ०.९४ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्