नेप्सेमा दुई कम्पनीको सेयर मूल्य सेयर मूल्य समायोजन « Arthapath.com
१४ असार २०८२, शनिबार

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा अपी पावर कम्पनी र उपकार लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।

अपी पावर कम्पनीले ७.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २६६ रुपैयाँ ५ पैसा कायम भएको छ । यस कम्पनीको अन्तिम कारोबार २८६ रुपैयाँमा भएको थियो ।

उपकार लघुवित्तले ६१.७५ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ हजार ३१० रुपैयाँ ३६ पैसा कायम भएको छ । यस कम्पनीको अन्तिम कारोबार ३ हजार ७३७ रुपैयाँमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्