मौद्रिक नितिको समिक्षा यता सेयर बजारमा निरन्तर पहिरो, कारोबार समेत खस्किदैं « Arthapath.com
१४ असार २०८२, शनिबार

मौद्रिक नितिको समिक्षा यता सेयर बजारमा निरन्तर पहिरो, कारोबार समेत खस्किदैं



काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक सेयर बजार निरन्तर ओरालो लागि रहेको छ । केन्द्रीय बैंकले समीक्षामार्फत सेयर बजार सुधारका लागि ठोस नीतिगत व्यवस्था गर्ने आँकलन गरिए पनि व्यवहारमा त्यस्तो नभएपछि लगानीकर्ता निराश बनेका हुन् ।

सेयर लगानीकर्ताले सेयर धितो कर्जामा तोकिएको ४ करोड र १२ करोडको सीमा परिमार्जन गर्ने र ब्याजदर घटाउने तथा तरलता बढाउने खालका सुधारको अपेक्षा गरेको थियो । तर त्यसो नभएपछि सेयर बजार ओरोला लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१५ अकंले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ कित्ता रुपैयाँको कारोबार भएको छ ।

बिहिबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६४ प्रतिशत, विकास बैंक समूहको १.१९ प्रतिशत, फाइनान्स समूहको १.५२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२५ प्रतिशत र हाइड्रोपावर समूहको १.४६ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्