२५६ कम्पनीहरुमा २६ कम्पनीको सेयर सामान्य बढ्यो, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.१५ अकंले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ ।
बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ कित्ता रुपैयाँको कारोबार भएको छ ।
आज सानिमा लार्ज क्याप फण्डका इकाईधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ७.६५ प्रतिशतले बढेको हो ।
साथै, राप्ती हाइड्रोको ५.२३ प्रतिशत, प्रभु सेलेक्ट फण्डको २.०९ प्रतिशत, सबैंकको लघुवित्तको २.०२ प्रतिशतले बढेको छ ।


