नेप्सेमा एक बैंकको १ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार हिमालयन बैक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको ८ प्रतिशत बोनस बापतको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव साधारण सभाबाट पारित गरेको हो ।